काठमाडाै । फूल र रंगकाे पर्व तिहार नजिकिदै गर्दा पटाकाकाे तस्करी बढ्दै गएकाे छ । प्रहरीले यसकाे बिक्री बितरणका राेके पनि सर्लाहीकाे बलरा नगरपालिका-८ पावर हाउस चोकबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न पटाका आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१ त २१७९ नम्बरको ट्याक्टर छोडी ट्याक्टर चालक फरार भएपश्चात उक्त ट्याक्टर जाँच गर्दा २० कार्टुन र ४ बोरामा रहेको उक्त रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको हो ।
ट्याक्टर समेत नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments