२५ किलो गाँजा सहित पक्राउ

बाँके नरैनापुर गाउँपालिका-४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Facebook Comments