साधारण सेयर निष्कासनको तयारीमा जुट्यो बुद्धभूमी हाइड्रो

बुद्धभुमी नेपाल हाइड्रो पावर कम्पनीले नुवाकोटमा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको सेयर निस्कासनको तयारी गरेको छ । स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
एक सय दरका १२ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा एक हप्ता अगाडि आवेदन दिएको हाे । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा ४ लाख कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीका प्रवन्ध निर्देशक बलराम खतिवडाले बताउनु भयाे  ।
यो आयोजना सम्पन्न भएपछि समुन्द्रटारमा रहेको सबस्टेसनमा जोडिनेछ ।

Facebook Comments