आकासमा सरितकाे ‘खुसीकाे फड्काे’ विमाेचन

सरिता अर्यालले आफ्नाे चाैँथाे कृति खुसीकाे फड्काे समुद्र सतह भन्दा ४० हजार फिटमाथि आकासमा विमाेचना गराएकी छिन् ।   याे कृति विमाेचनका लागि प्रयाेग गरिएकाे नयाँ शैली  हाे ।

 

कतार एयरबाट अमेरिका जाँदै गर्दा ८४ वर्षिय आमा लक्ष्मी न्याैपानेकाे हातबाट याे कथा संग्रहकाे बिमाेचन गरिएकाे हाे । नेपाल स्रष्टा समाजबाट प्रकाशित खुसीकाे फड्काे कथा संग्रह भित्र १४ वटा कथाहरू छन् । काेराेना कहरका कारण मानिस भेला गरेर कुनैपनि कार्यक्रम गर्न असमर्थतालाई मध्य नजर राखेर बिमाेचनकाे याे नाैलाे तरिका अपनाएकाे लेखक सरिता अर्यालकाे भनाइ छ ।

याे कथा संग्रहकाे बिक्रिबितरणकाे जिम्मेवारी ज्ञानज्याेती पुस्तक पसल अद्वैतमार्ग काठमाडौं र किताब यात्राले पाएका छन् ।

Facebook Comments