सत्यमोहन जोशीको तस्वीर अङ्कित हुलाक टिकटमा राष्ट्रपतिद्वारा टाँचा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अङ्कित हुलाक टिकटमा  टाँचा लगाउनु भएकाे छ । जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सम्माननीय राष्ट्रपतिज्यूबाट टाँचा प्रदान गर्ने कार्य भएकाे हाे ।

उक्त कार्यक्रममा माननीय सञ्‍चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरूङज्यूले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट एउटागौरवमय इतिहासको दस्तावेज भएको वताउनु भयो । उहाँले डा. सत्यमोहन जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्‍वको रुपमा सय वर्षिय एक सकृय नायक भएकोले नागरिक तहबाट जीवन कालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गर्नु भयो । सोही अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री हरिप्रसाद बस्यालज्यूले डा. जोशीको जीवनी माथि प्रकाश पार्दै मातृभाषा र राष्ट्रभाषामा लामो समयदेखि नेपाली लोक सँस्कृति, भाषा, साहित्य तथा कलाको क्षेत्रमा अनवरत शोधकार्यमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकार, हुलाक सेवा विभागले रू. १०।- दरको १० (दश) लाख थान हुलाक टिकट प्रकाशनमा ल्याएको वताउनु भयो । सोकार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, काठमाण्डौँ तथा ललितपुर महानगरपालिका प्रमुख लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments