श्री देवीदल गणले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई नेपाल आर्मी किन ? नेपाल आर्मीमा किन जाने, प्रकृति संरक्षण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा सचेतनामुलक कक्षा संचालन गरेको छ ।
शुक्लाफाँटा उपभोक्ता समितिको सभा हलमा संचालन भएको उक्त कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, CBAPU का अध्यक्ष तथा सदस्यहरु, सामाजिक विकास सेवा केन्द्र नेपालका सचिव, जनसरोकार युवा मञ्चका अध्यक्ष, BZMC कार्यालयका अधिकृत, आदिवासी महिला समुहका सदस्यहरु तथा स्थानिय बासिन्दाहरु सहित ३५ जनाको सहभागीता रहेको नेपाली सेनाले जनाएकाे छ ।
Facebook Comments