बजारमा देख्छु, प्रतिक्रिया
कोही आफैलाई माक्स ठानेर
कोही लेनिन बनेर
कोही माओ हुन्छन् लेख्छन्
कोही ज्योतिष धुरन्धर
आगामी चुनाबको सिट नै तोक्छन्
कोही डाक्टर बन्छन् लेख्छन् ।
आफु बसेको घर
जस्लाई धौ–धौ छ मिलाउन
ऊ देशै थामे झैं गर्छ ।
आमाले भन्नुहुन्थो
बाबु फुटेको एकथोक मात्रै राम्रो हो
के ? आमा भन्दा
चल्ला निस्कन अण्डा
र, पानीको मुल
अरु सबै नराम्रो
के लाज नभाको गाँठे
पिलो निचोरिएको रे
लुतो गएको रे
अझ कुचोले बढार्नु पर्ने
हावाले उडायो रे
समयले बताउँछ ।
महोदय,
अहिले लुतो गयो कि आयो ?
Facebook Comments