काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ८६ एम्पुल र नुर्फिन ४ सय १४ एम्पुल सहित बारा सिम्रौनगढ नगरपालिका-२ अमृतगंज बस्ने २४ वर्षीय आदित्य कुशवाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले कलैयाबाट काठमाडौं आउँदै गरेको बा.६ ख १५३७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार कुशवाहलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
Facebook Comments