मैत्रीपूर्ण खेलमा मेसी एक्लैले गरे पाँच गोल

मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले इस्टोनियाविरुद्ध उत्कृष्ट जित निकालेको छ ।अर्जेन्टिनाको जितका लागि सबै पाँच गोल कप्तान लियोनल मेसीले गरे । उनले आठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ४५,४७,७१ र ७६ औं मिनेटमा गोल गरे ।यसअघि सन् २०१२ को च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बायर लेभरकुसेनविरुद्ध मेसीले पाँच गोल गरेका थिए ।एजेन्सी

Facebook Comments