नेपाली साहित्यका धरोहर श्रद्धेय प्रा.डा. कुमार कोइरालाको सभापतित्वमा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पारिजात प्रेक्षालयमा सञ्चालित उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ साहित्यकार गोपिनाथ मैनालीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे।
साथमा श्रद्धेय व्यक्तित्त्वहरु प्रा. डा. ऋषिराम पोखरेल र प्रा.डा. खेम कोइराला वन्धु र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सङ्गीत कलाका धरोहर प्रदिप वम्जनको विशिष्ठ अतिथ्यता सञ्चालित ‘मुक्तिनाथ दर्शन साहित्य समाज’ नेपाल, कामाडौंको प्रथम वार्षिकोत्सव, स्रष्टा सम्मान र कृति लोकार्पण कार्यक्रममा पाँच स्रष्टाका सातकृतिहरू एकैसाथ लोकार्पण गरिएकाे थियाे।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले संचालन गरेकाे उक्त कार्यक्रमका प्रमुख अतिथि मैनालीले पल्लव साहित्य प्रतिष्ठानका र लायन्स क्लब अफ चितवन वाङ्मय समेत दुवै संस्थाका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, लगायत मुक्तिनाथ दर्शन साहित्य समाज संस्थाका सदस्य, संरक्षक तथा पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न व्यक्तिहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कृत हुनेमा र्पार्वती जमकटेल, प्रेमकुमारी केसी, शिव उपाध्याय, अरुण ओझा, रोजी सिग्देल, रोहिणी सिग्देल, रोशनी सिग्देल तथा मीना सिग्देलद्वारा स्थापित विभिन्न पुरकारबाट प्रा.डा. गोविन्दराज भट्टराई, पत्रकार एकराज पाठक, साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारी, जनार्दन अधिकारी ‘धड्कन’ लाई पुरस्कृत गरिएकाे थियो ।

लोकार्पण कृतिमा प्रा.डा. ऋषिराम पोखरेलका ‘युवा प्रति’ कवितासंग्रह र ‘ध्रुवचरित्र’ खण्डकाव्य तथा प्रा.डा. अर्जुनदेव भट्टको निबन्धसंग्रह ‘समययात्रा’ रहेका छन् । यसैगरी साहित्यकार हरिभक्त सिग्देलकाे ‘म अमर छु’ कविता संग्रह र ‘हनुमान चालिसा’, कवि कलानिधि दाहालको ‘पद्य कवितासंग्रह आफैं भए सुन्दर’ तथा रश्मि भट्टको कविता संग्रह ‘युगका आवाजहरू’ रहेका छन् ।
लोकार्पित कृतिहरूमध्ये ‘म अमर छु’ को गोपीनाथ मैनाली, ‘हनुमान चालिसा’ को प्रा.डा.ऋषिराम पोखरेल, ‘समययात्रा’ को दामोदर पुडासैनी किशोर, ‘युगका आवाजहरू’ को युवराज मैनाली, ‘आफैं भए सुन्दर’को चन्द्रप्रसाद न्यौपाने, ‘युवाप्रति’ रामप्रसाद पन्त तथा ‘ध्रुव चरिरत्र’ को कलानिधि दाहालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
ऋषिराम पोखरेल, प्रा.डा.खेम कोइराला बन्धु, नरेन्द्रराज पौडेल, तथा प्रदीप बम्जम विशिष्ठ अतिथि रहनुभएको उक्त कार्यक्रममको उद्घाटन प्रमुख अतिथि मैनालीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । बटुकहरूको स्वस्तीवाचनबाट सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कलानिधि दाहालले सवागत मन्तव्य दिनुभएको थियो ।
यसैगरी पुरस्कृत हुने अन्य व्यक्तिमा कल्पना काफ्ले, निर्मलरमण पराजुली, विनोदप्रसाद धिमाल, अमरबहादुर श्रेष्ठ ‘अमर त्यागी’ तथा बालप्रतिभा रोजिना अधिकारी हुनुहुन्थ्यो । कार्यक्रम साहित्यकार कल्पना काफ्लेले सञ्चालन गर्नुभएको थियो ।
Facebook Comments