श्वयेतहरुले अश्वयेतहरुलाई
जसरी हमला गरे
त्यसरी नै श्वयेत ईलाकाहरु बढेकाहुन
मानाै गाेराहरुले कालाहरु माथि
थाेपरेका अनगिन्ती ज्यादतीहरु छन
ति नच्यातिउन्जेल ईतिहासले माफि दिनेछैन
जसरी तागाधारीहरु
एउटा अफिम तागत लिएर
अालाे खुन चुस्छ
अादिम समाजकाे यापन भत्काएर
अनि भद्दा रङ्गराेगनमा सजिन्छ
सजिलाे मजाककाे भित्री भित्तामा उभिएर
संधै उ रमाउछ
त्याे निर्दयी प्यास मेटाउन
रगत माथिको फगत सिङ्हासन ठड्याएर
हाँसिरहन्छ विगतलाई गिज्याएर
चाहे विपि हाेउन या गिरिजा
नायक प्रजातन्त्रको
जननि भनेर
यहाँ त जननी जनवादका पुष्पहरु समेत
श्वयेत भईरहन्छन
र उस्कै अदृश्य सपनाहरुले समेत
औंला उठाउँछन्
बेला बेला फुर्सदकाे बखत
र त्यही ताताे चंगुलबाट
उम्कने अभिप्राय हुर्कन नपाउदै भाँच्छन
अर्को मजाक थपेर
यसरी हेर्दा उल्टाे सुल्टाे भईदिन्छ
सुल्टाे उल्टाे भईरहन्छ
याे सुल्टाे र उल्टाेकाे तात्पर्य
मैले दाेश्राे सत्तामा लेखिएकाे
अनुभूति पाएकै छैन
किनकि उस्ले हार्दा अर्कोले जित्छ
जित्नेले अर्कोपटक हार्छ
यसरी नै त रहेछ
सत्ताकाे बाजी मार्ने खेल
खेलाडीकाे मैदान,
दर्शक त अझ याे खेलकाे
राेमान्चक क्रेताहुन
बिक्रेताले आची बेच्दा पनि किनीरहने
हाम्रो बहुल संस्कार ।