प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति निवास बोलाइयो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई परामर्शका लागि भन्दै शीतल निवास बोलाउनु भएको छ । उहाँले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग बुधबार बेलुका पाँच बजेपछि छलफल गर्ने तयारीका लागि बोलाउनु भएको हो ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबीच विवाद बढेपछि राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो । एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ ।

Facebook Comments