मिति २०७९ असार १३ (तद्अनुसार 27 June, 2022) गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मिति २०७९ असार १६ (तद्अनुसार 30 June, 2022) गते संयुक्त राज्य अमेरिकाका Vice Chairman of the Joint Chiefs of Staff Admiral Christopher W. Grady; Deputy Assistant Secretary of Defense (DASD) for South and Southeast Asia Ms. Lindsey W. Ford र अमेरिकी सेनाका Chief of Staff of the Army (CSA) General James Charles McConville सँग भेटघाट तथा छलफल गर्नु भएको व्यहोरा जानकारी गराईन्छ ।
उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो ।
साथै, मिति २०७९ असार १७ (तद्अनुसार 01 July, 2022) गते प्रधान सेनापति महारथी शर्मा र भ्रमणदलका सदस्यहरुले New York स्थित United Nations Headquarters को भ्रमण गरी Under-Secretary-General (USG) of Department of Peace Operations (DPO) लगायतका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।