पहिराले पाइप बगाउँदा खानेपानीको अभाव

पहिराले खानेपानीको संरचनामा क्षति पु¥याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पु¥याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताउनुभयो । पहिराले खानेपानी लाइन करीब ३÷४ सय मिटरमा क्षति पु¥याएको छ ।

बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताउनुभयो । खानेपानी पुनःसञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

Facebook Comments