नेविप्रा कर्मचारी संघको चुनाव अबैद्ध, गतिविधिमा रोक

जर्नादन भट्टराई गैर कानुनी तरिकाले अध्यक्ष बनेकाे आराेप

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२ औँ अधिवेशन अवैध भएको छ । संघले गरिरहेको गतिविधिमा असन्तुष्टि जनाउँदै आएका असन्तुष्ट पक्षले संघका अध्यक्ष जर्नादन भट्टराईले आफ्ना सदस्यलाईसमेत गुमराहमा राखेर अधिवेशन गरी आफू गैर कानुनी तरिकाले अध्यक्ष बनेको आरोप लगाएका छन् । अध्यक्षको कदम गैर कानुनी रहेको भन्दै उनीहरुले यसलाई रोक्न र पुनः निर्वाचनको माग गर्दै श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको रोजगार विभागमा निवेदन दिएपछि विभागले पुस २५ गते पत्राचार गर्दै सबै कदम रोक्न भनेको छ । पत्रमा कुन तरिका र कसरी निर्वाचन गरिएको हो त्यसको विवरण एक हप्ताभित्र पेश गर्नु भनिएको छ ।
कर्मचारी ट्रेय युनियन २०४९ र संशोधित २०७२ लाई हेर्ने हो भने बढीमा दुई कार्यकाल अध्यक्ष बन्न सक्ने प्रावधान छ । तर यसको खिल्ली उडाउँदै भट्टराई पाँचौँ पटक निर्वाचित भएका हुन् । भट्टराई आफू पावरमा रहनका लागि जे पनि गर्ने भएकाले यो सबै उनले च्यानल मिलाएर गरेको एक सदस्यकको भनाइ छ ।
एक कार्यकाल तीन वर्षको हुन्छ । यसरी हेर्दा भट्टराइले १२ वर्षको समय यही अध्यक्ष पदमा रहेर विताएका छन् । अध्यक्ष हुँदा काम गर्नु नपर्ने र संगठनको काम भन्दै नेतासँग आफ्नो पहुँच बढाएर सुविधा मात्र लिएर बसिरहेका छन् । सरकारी गाडी तेल सुविधा सबै लिएर कुनै काम नगरी उनी उच्च पदस्थ कर्मचारी जस्तै रवाफमा हिड्ने गरेको आरोप छ ।
यही अध्यक्षको पावरमा उनी १४ वर्षसम्म केन्द्रीय कार्यालयमा बसेर नेतागिरि गरिरहेका छन् । यस बारेमा संचालक समिति र कार्यकारी निर्देशकले केही बोलेका छैनन् ।

 

Facebook Comments