हामी भित्रका
हामी सङ्गका अन्तर्निहित कुराहरू
शायद, त्यो तिमी र म बाहेक
थाहा हुनेछैन अरुलाई ।।
जुन तिमीसँग छन्
त्यस्तै थुप्रै मसँग पनि छन्
जस्तो कि,
दुख, पीडा, उमङ्ग , सम्वेग र जीवनका भावनाहरू
हामीसँग तमाम अभावहरू छन्
त्यही अभावको मलजलबाट
उम्रिएको छ एउटा प्रेम
शायद, त्यो तिमी र म बाहेक
देख्ने छैन् अरुले ।।
विस्वास, भरोसा र आशाहरूले
व्यवधान ल्याउँदैन हाम्रो प्रेमको दुरिमा
फगत जसरी चलिरहन्छ समय
जसरी घुमिरहन्छ प्रकृतिमा सूर्य
उसैगरी चलिरहन्छौ हामी
आआफ्नो परिवेशमा
उसैगरी घुमिरहन्छौ हामी
आआफ्नै नियतिको चक्रमा
फरक यति हो,
भूगोल एउटै हो दुरी टाढा हो
जुन शायद, तिमी र म बाहेक
थाहा छैन अरुलाई ।।
–साँझा बस्ती, खोटाङ
Facebook Comments