न बाटो घाटो छन् नत छसँगमा वैभव अनि
बसेको डोलीमा नत छ कपडा बर्तन पनि
गयो भोकै प्यासै सुखसयल छोडेर तटमा
बिदा देऊ प्यारा तनय तनया ! गेह खटमा ।।
थिए सारा मस्ती महल रमिते छैन अबता
थियो गाडी चिल्लो अघि पछि युवा छैन ममता
म आएथेँ नाङ्गो अब पनि म नाङ्गै छु तटमा
सधैँ जित्दै आएँ समय सकियो युद्ध फटमा ।।
सबै आसेपासे गरिब निमुखा सज्जन बरु
कसैको आत्माले अधम नभनून् दुर्जनहरू
मलामी भोकै छन् हृदय सबको पूर्ण गरियोस्
अहा ! मीठो भन्दै सकल जनको देह भरियोस्।।
Facebook Comments