जर्मनीका रक्षामन्त्री किएभ भ्रमणमा

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुग्नुभएको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ ।प्रवक्ताले भ्रमणको विस्तृत विवरण दिएनन् । यो भ्रमण रुसी आक्रमणहरूले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु र ६० जना घाइते भएको एक दिनपछि सुरु भएको हो ।

जर्मन चान्सलर फ्रिड्रिक मर्जले पदभार सम्हालेपछि यो पिस्टोरियसको युक्रेनको पहिलो भ्रमण हो । पिस्टोरियसले अन्तिम पटक जनवरीमा युक्रेनको भ्रमण गर्नुभएको थियो ।मस्कोले आफ्नो बमबारी बढाएपछि मङ्गलबार मर्जले युक्रेनमा रुसी ‘नागरिक जनसङ्ख्या विरुद्धको आतङ्क’ को आलोचना गर्नुभयो ।उहाँले भन्नुभयो, “रुसको पछिल्लो कार्यहरू गत हप्तामा सैन्य हवाई क्षेत्र र पूर्वाधारमा युक्रेनी आक्रमणको अनुपातमा प्रतिक्रिया बाहेक अरू केही थिएन ।”

मर्जका यी टिप्पणीहरू जुन १५–१७ मा क्यानडामा हुने जी७ शिखर सम्मेलन र महिनाको अन्त्यमा हुने नाटो बैठकअघि आएका हुन् । सम्मेलनमा सहयोगी राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रेमलिनलाई दण्डित गर्न थप आक्रामक हुन दबाब दिनेछन् ।-बर्लिन(रासस/एएफपी)

Facebook Comments