गृहसचिव पाण्डेद्वारा निर्देशन

गृहसचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिनुभएको छ । आज जिल्ला प्र्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबीच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

गृहसचिव पाण्डेले जनताको शान्ति सुरक्षा कायम गर्न कुनै कसूर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले जनताको सुरक्षा गर्नु सुरक्षा निकायको मूल कर्तव्य भएकाले आफ्नो कर्तव्य पूरा गर्न सबै सुरक्षा निकाय एकजुट भई लाग्नुपर्ने बताउनुभयो । वीरगञ्ज मूल भन्सार कार्यालयअन्तर्गतको आइसीपी परिसरमा स्थापना गरिएको मानवीय कार्यस्थल कक्षको आजै एक समारोहबीच गृह सचिव पाण्डेले उद्घाटन गर्नुभयो ।

Facebook Comments