चोटहरूले कैयौँ पटक सुन सम्झेर खारे भन्थ्यो
आफन्तले प्रिय ठानी काखमै राखी मारे भन्थ्यो ।। १
नाकाबन्दी गरिदेछन् रे खुसी आउने दोबाटोमा
खै किन हो के सोचेर अप्ठ्यारोमा पारे भन्थ्यो ।। २
सोझो सिधा भएर बाँच्न मुस्किल रै’छ समाजमा
काम लिन हजुर भन्दै दुबै गोडा मुसारे भन्थ्यो ।। ३
निम्तो आयो युद्ध गर्न आउनु भनी चुचुरोमा
मैदान टेक्न नपाउँदै खुटा तान्दै झारे भन्थ्यो ।। ४
थाहा हुँदाहुँदै पनि बाध्यताले फस्दछ मान्छे
मर्नै नदिई जिउँदैमा पो वैतरणी तारे भन्थ्यो ।। ५
Facebook Comments