मैले पनि धन कमाउने आधार खोज्दैछु
यादहरूको ब्यापार हुने बजार खोज्दैछु ।
जसले मुटु, निकालेर झिरमा उनेर गयो
फेरि उसैलाई छातीको, वारपार खोज्दैछु ।
बा बितेसँगै आमाको सिउँदो उजाडियो
अझै आमाको मुहारमा शृङ्गार खोज्दैछु ।
बर्षौं देखि खेलेर, शब्दहरूकै दुनियाँमा
मेरा कलमहरूमा, अझै निखार खोज्दैछु ।
थुप्रै भेटिए मन नभएका जमिनदारहरू,
म यही भीडबाट एक, दिलदार खोज्दैछु ।
Facebook Comments