आगामी दुई वर्ष भित्र सबै नागरिकमा आधारभूत खानेपानी सेवाको पहुँच सुनिििश्चत गर्न र गुणस्तर अभिवृद्धि गर्न तीनै तहबाट निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गरिन वजेटमा उल्लेख गरिएको छ । आगामी वर्ष आधारभूतस्तरको खानेपानी सुविधा ९४ प्रतिशत जनसंख्यामा पुर्याइने जनाइएको छ ।
मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्ष भित्रै सम्पन्नी गरी आगामी आर्थिक वर्षको शुरु देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिनेछ । यो आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरु गर्न समेत रु. ५ अर्ब ४६ करोड विनियोजन गरेको छ । काठमाडौं उपत्यका खानेपानी र ढल निकास व्यवस्थापनका लागि रु. ५ अर्ब ८९ करोड विनियोजन गरेको छ ।
द्दण्ज्ञ. महाकाली, कर्णाली, बबई र कोशी लगायतका नदीमा आधारित थोक पानी वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजना सञ्चािलनको सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छ । सबै प्रदेशका राजधानीमा खानेपानीको वितरणलाई व्यवस्थित गर्न खानेपानी आयोजना निर्माण तथा सुधारका लागि बजेटले व्यवस्था गरेको छ ।
आगामी वर्ष सुक्खाग्रस्त क्षेत्रमा निर्माणाधीन जलवायु अनुकूलित तथा वृहत् पम्पिङ, लिफ्ट तथा सह लगानीका खानेपानी आयोजना सञ्चालन गर्न रु. ६ अर्ब विनियोजन गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्राविधिक र वित्तीय अवस्था सुदृढ गर्न संस्थागत पुनर्संरचना गरी व्यवसायिक संस्थाको रूपमा विकास गर्न रु. १ अर्ब ९९ करोड विनियोजन गरेको छ ।
साना खानेपानी आयोजना प्रदेश अन्तर्गत सञ्चाकलन गर्ने गरी वित्तीय हस्तान्तरणको व्यवस्था मिलाएको छ । हाल सञ्चानलित खानेपानी आयोजना संघ, प्रदेश र स्थानीय तहबाट नियमित मर्मत सम्भार गर्न रु. ३ अर्ब ५ करोड विनियोजन गरेको छ ।
खानेपानीका स्रोत तथा जलाधार क्षेत्रको पहिचान, संरक्षण र विकास गरिनेछ । भूमिगत खानेपानीको दिगो आपूर्तिका लागि पानीको पुनर्भरण कार्यलाई जोड दिइनेछ। तराई मधेशका जिल्लामा वितरण हुने खानेपानी आर्सेनिकमुक्त बनाइने छ ।
खुला दिसा मुक्त राष्ट्र घोषणा भइसकेको अवस्थामा आधारभूत स्तरको सरसफाईलाई दिगो बनाउन स्थानीय तह मार्फत सरसफाईका कार्यक्रम अघि बढाइनेछ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा फोहोर पानी प्रशोधन, सार्वजनिक शौचालय तथा ढल निर्माण, फोहोर मैला प्रशोधनका कार्यक्रम सञ्चाललन गरिनेछ ।
खानेपानी तथा सरसफाई मन्त्रालयको लागि रु. ४३ अर्ब १० करोड विनियोजन गरेको छ ।
Facebook Comments