कृषिमा लगानी बढाउँदै उत्पादनमा जोड दिनुपर्ने

काठमाडौँ/आर्थिक क्षेत्रका विज्ञहरूले मुलुकको आर्थिक विकासका लागि सरकारले कृषिमा लगानी बढाउँदै उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा विज्ञहरूले देशको आर्थिक अवस्था सङ्कटतर्फ उन्मुख रहेको भन्दै उहाँहरूले देशलाई आत्मनिर्भर बनाउन सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

प्राडा कुशुम शाक्यले आर्थिक अस्थिरता, बेरोजगारी वृद्धि र महँगीजस्ता समस्याले मुलुकलाई थप सङ्कटतर्फ धकेलिरहेको टिप्पणी गर्नुभयो । अर्थशास्त्री सञ्जय आचार्यले सरकारी नीति निर्माण प्रक्रियामा पारदर्शिता र दीर्घकालीन सोचको कमी रहेकाले देशको समग्र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव परेको बताउनुभयो ।

अर्थशास्त्री घनश्याम दवाडीले स्वास्थ्य क्षेत्रमा सरकारको प्रभावकारी नियन्त्रण नहुँदा हाल मुलुकमा ‘एन्टिबायोटिक’ प्रतिरोध बढ्दै गइरहेको र यसले उपचार खर्च महँगो बन्दै गएको तर्क गर्नुभयो ।

Facebook Comments