काफ्लेद्वारा घिसिङलाई छानविनको दायरामा आउन चुनौती

काठमाडौं । २०७२ सालको विद्युत उर्जा संकट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै समाधानको कार्यादेश जारी गर्नु भएको थियो । सोही कार्यादेशलाई अंगिकार गरेर प्राधिकरण, मन्त्रालय र सम्बद्ध सबै क्षेत्र लागि परेको थियो । त्यसैको परिणाम नै लोडसेडिङ अन्त्य हो । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज बिहान टेलिभिजन अन्तर्वातामा उक्त कुरा बताउनु भएको हो ।
विगत लामो समयदेखि माग र आपूर्तिको विग्रदो अवस्थामा सुधार गर्न सारा टीम लागेको र त्यसैको परिणाम स्वरुप देश लोडसेडिङ मुक्त हुन सफल भएको यर्थाथलाई बङ्ग्याएर विगतकालाई दोष थोपरेर मैले मात्र लोडसेडिङ अन्त्य गरेको भनि वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफ्नो २२ महिने कार्यकाल र घिसिङको ४८ महिने कार्यकालको समीक्षा गर्नसमेत काफ्लेको चुनौती छ ।
मन्त्रिपरिषद्बाटै उच्च स्तरिय छानविन समिति गठन गरेर २२ महिने र ४८ महिने दुबैको कार्यकालमा भए गरेका कामको छानविन होस् । म २०७३ भाद्र २४ गतेसम्मको आफ्नो कार्यकालको कामको जिम्मेवारी लिन तयार छु । त्यस्तै ४८ महिनाको कार्यकालको कामको जिम्मेवारी लिन घिसिङलाई चुनौती छ, भनि काफ्लेले बताउनु भएको छ । प्रायोजित प्रोपोगण्डाको बाटो अपनाएर विगतकालाई गत्ती देखाएर आफूमात्र ठूलो दावी नगर्न आग्रह गर्दछु–काफ्लेको भनाइ छ ।
माथिल्लो तामाकोसी २०७४ भाद्रमै सम्पन्न गर्नुपर्ने तालिका हो । आफ्नो कार्यकालमै ९० प्रतिशत काम सकिएको दावीका साथ २०७७ सम्म बनाउन नसकेको, ४ वर्षमा उत्पादन थप्ने काम सम्पन्न नगरेको, प्रशारण लाइन निर्माणको काममा प्रगती शुन्य, वितरण संरचना शुन्य जसका कारण करोडौ मूल्यको उत्पादित विद्युत खेर फालेको जस्ता गम्भीर त्रुटी हुन भनि घिसिङप्रति लक्षित गर्दै आरोप लगाउनु भयो ।
२०७२ माघ १० गते २० प्रतिशत मूल्य बृद्धिका लागि आफूले सिफारिस गरेको आधारमा आयोगले मूल्यबृद्धिको अनुमति दिएकाले व्यापारबाटै ९ अर्ब कमाइ थपिएको दावी गर्दै उक्त आर्थिक प्रतिवेदन पढ्ने बखत उहाँको नियुक्ति भएको हो । त्यसकारण प्राधिकरण उत्तराधिकारी नेतृत्वबाट अगाडि बढ्ने संस्था भएकाले मैले गरे भन्नु केवल सस्तो प्रचार हो भन्ने काफ्लेको दावी छ । याे कुरा काफ्लेले सगरमाथा टेलिभिजनको आज बिहान ८ बजेको अन्तर्वातामा बताउनु भएको हो ।

Facebook Comments