कानफुका

लघुकथा

स्कुल हिड्ने बित्तिकै यमुनाको हातीछाप चप्पलले धोका दियो । साँईला काकाकोमा पसेर डिबिया बालेर गाँसी । सबै साथी छुटे । भेटिए गणेश सर ।छिमेकी दाजु हुन् तर औपचारिकता निभाई । “नमस्कार सर” ।
“आ पर्दैन एक्लै हुँदा” गफ गर्दै स्कुल पुगे । जुम्ल्याहा दिदी जमुना सँग दिनभरिनै बोलिन यमुना ।जमुनाले सोची बिहान नपर्खेकोले होला । छुट्टीपछि यमुना अगाडीनै हिँडी । जमुनाको भेट गणेश सर सँग भयो उसै गरि गफिँदै घर पुगे ।
चार बर्षदेखि दिदी बहिनीको बोलचाल थिएन । गणेश सर बाटोमा कहिले जमुना सँग पर्थे कहिले यमुना सँग ।
एस् . एल्. सी. यौटै कोठामा बसेर दिए नबोलि नबोलि पनि । सहयोग गर्न गणेश सर पनि उनीहरू सँगै बसे ।
परिक्षा सकियो । आफ्नो झोला बोकी र यमुना लागी घर तर्फ ।
गणेश सर र जमुना हराए तेस्रो दिन सिक्किम पुगेको खबर आयो ।यमुनाले बल्ल बुझी किन दिदीको बिरुद्दमा कान फुक्थे गणेश सर ।
ऊ बेहोस भएर लडी उस्को मासिक धर्म रोकिएको चार महिना भयो ।
Facebook Comments