एडिडासले मेक्सिकन जुत्तासँग मिल्दोजुल्दो उत्पादनका लागि डिजाइनरद्वारा खेद व्यक्त

अमेरिकी फेसन डिजाइनर विली चाभारियाले एडिडाससँग मिलेर बनाएको चप्पलले मेक्सिकोको दक्षिणी राज्य ओसाकाको परम्परागत डिजाइनसँग मेल खाएकोमा दुःख व्यक्त गरेका छन् ।

स्थानीय अधिकारीहरूले ‘ओसाका स्लिप–अन स्यान्डल (चप्पल)’ आफ्नै ‘हुराचे स्यान्डल’हरूको ‘पुनः संस्करण भएकोे’ बताएका छन् । उक्त चप्पल विशेषगरी देशको सबैभन्दा बढी आदिवासी जनसङ्ख्यामा लोकप्रिय रहेको छ ।

मेक्सिकोको सरकारले एडिडाससँग क्षतिपूर्ति माग गरेको शुक्रबार जनाएको छ ।

मेक्सिको मूलका चाभारियाले एएफपीलाई पठाएको एक विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “यो डिजाइनको नामाकरण ओसाकान समुदायसँग प्रत्यक्ष र अर्थपूर्ण साझेदारीमा विकास गरिएको होइन।”

एडिडासले ओसाकाका अधिकारीहरूसँग भेट गर्न सहमत भएको शुक्रबार मेक्सिकन सरकारले बताएको छ।

राष्ट्रपति क्लाउडिया शिनबामले शुक्रबार बिहान नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “यो सामूहिक बौद्धिक सम्पत्ति हो । क्षतिपूर्ति हुनुपर्छ र सम्पत्तीसम्बन्धी कानुनको पालना हुनैपर्छ ।”

यो विवाद मेक्सिकोका अधिकारीहरूले प्रमुख ब्रान्डहरू वा डिजाइनरहरूलाई अनधिकृत स्वदेशी कला वा डिजाइनहरू प्रयोग गरेर यस क्षेत्रको निन्दा गरेको पछिल्लो उदाहरण हो । मेक्सिकोमा यसपहिले जगरनट शेन, जारा र क्यारोलिना हेरेराको बारेमा उजुरीहरू परेका थिए ।-मेक्सिको सिटी(रासस/एएफपी)

Facebook Comments