मेलम्चीकाे पानी काठमाडाैं दुई महिना नआउने

बालुवाटारकाे दवावमा हतारमा उद्घाटन- फुर्सदमा पछुताे

काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।
सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै, २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।
दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । उहाँले भन्नुभयो, “कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुन्छ ।”
झण्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।
आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौँमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो । सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । शुरु भएको झण्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो । सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रुपमा लिएको छ ।
सरकारले मेलम्चीकै दोस्रो खण्डका रुपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । सरकारले आगामी आबमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । प्रधानमन्त्रीका ‍‍ओलीका विकास व्यवस्थापन ‌ विज्ञ गजेन्द्र थपलियाले सुरुङकाे काम अधुरै राखेर भएपनि काठमाडाैं पानी झारेर उद्घाटन गर्न हुटहुटी लगाएका थिए । त्यसैले प्राविधिक कामहरु थाती राखेर राष्ट्पतिद्वारा मेलम्चीकाे उल्घाटन गर्न लगाइएकाे थियाे । प्राविधिक रुपमा सुरुङमा पानी पठाउन निश्चित गर्न दुई महिना समय लाग्ने शुत्रकाे दावी छ । यस विषयमा जलस्राेत डटकमले त्यसवेलै समाचार प्रकाशित गरेकाे थियाे ।

र याे  पढ्नुहाेस्

मेलम्ची उद्घाटन भित्र लुकेकाे रुन्चे हाँसो

मेलम्ची पानी हिजाे भृकुटीमण्डपमा तीन ओटा कृतिम ढुंगेधारा निर्माण गरी घाराको टुटी राष्ट्रपति विद्यादेवी भण्डारीलाई खोल्न लगाएर उद्घाटन गरियो । खानेपानी विज्ञका अनुसार प्रोटोकल फलोअप नगरी ४.५ करोड लिटर पानी काठमाडौंका धारामा छोडी आजबाट ८.५ करोड पानी छोड्न थालिएकाले प्राविधिक रुपमा जोखिम बढेको छ । २६.५ किमि लामो टनेलमा पानी भरेपछि त्यसलाई पूर्ण रुपमा खाली गरी परिक्षण गर्नुपर्नेमा त्यसो नगरी हतारोमा मेलम्चीको पानीको राजनीति, सरकार, मन्त्रालयका उच्च अधिकारी र मेलम्चीका पदाधिकारी समेतले गरेकोसमेत आरोप लाग्न थालेको छ ।
२६.५ किमिको टनेलमा पानी भरि पुरै खाली गरेर लिकेज के कति भयो, एयर मेकानिजम सिष्टम कस्तो छ र टनेलको भौतिक अवस्थाको अनुगमन गरेर मात्र पानी भरि वितरणमा जानुपर्ने विज्ञको भनाइ छ । पानी १५ प्रतिशत भन्दा बढी चुहावट हुनु नहुने (नन् रिभ्यू वाटर ) बारे कुनै निरिक्षण भएको छैन । यसो नगर्दा सुरुङ भासिएको, चुहावट बढी भएको र एयर पास नभएको अन्तर्राष्ट्रिय घटनाक्रमहरु समेत रहेको जानकार सुत्रको दावी छ । यसरी टेस्टीङ गर्दा दुई महिना लाग्ने हुँदा साे समयलाई छाेट्याउन प्राेटाेकल फलाेअप नै भएन ।  टनेल टेस्टिङ्ग नै भएको छैन भन्दा फरक पर्दैन भने यति महत्वपूर्ण काममा कन्सल्टेन्टको टिम लिडर नै छैन । अर्थात टिम लिडर नभएको वर्षाै भयो । गजवको कुरा त टनेलमा पानी छोड्ने र टेस्टिङ्ग गर्ने होल प्रकृयामा कन्सल्टेन्टको उपस्थिति नै छैन । स्पेनको इप्टिशा कम्पनीको भारतीय शाखाले कन्सल्टेन्टको जिम्मा लिएको छ ।
अन्य कुराहरु थुप्रै छन् । गत असारमा गेट भत्किएर २ जनाको मृत्यु र २ जना घाइते भएका थिए । उक्त गेटलाई त्यतिकै छाडेर अलि अगाडि पट्टी अर्को स्थानमा अर्को गेट बनाइ पानी छोडएको हो । पहिलाको गेट बनाउदा ६ करोड दावी सहित इप्टिशाले मेलम्चीमा विल पेश गरेको छ । मेलम्चीमा पानी आएको खुसीयालीमा कसैले विरोध गर्दैनन्, त्यस वखत तिरौंला भनि कन्सल्टेन्टलाई थामथुप पारिएको छ । नयाँ गेट बनाउदा करिब ६ करोड नै खर्च भएको मेलम्ची सुत्रको भनाइ छ । यसरी कुल १२ करोडको नोक्सानी एउटा डिजाइन परिवर्तनले थोपरिदिएको छ भन्दा फरक नपर्ला । यसैले आजको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा नै ‘अव विगतको जस्तो गल्ती नहोस् भनेका छन् । आश्चर्य जनक कुरा के छ भने त्यत्रो घटना हुँदासम्म गल्ती कसैको देखाइएन वा जिम्मेवारीमा रहेका कसैलाई जिम्मेवार बनाइएन र कसैलाई कारवाही गरिएन । यसको सिधा अर्थ तलदेखि माथिसम्म सबैको मिलिभगत वा ठूलै नेताको हालको चर्चित शब्द “सेटिङ” । शुरु डिजाइन भन्दा अलग अस्थाइ पाइप राखेर पानी ल्याएइको, भेण्डरलाई हाल थामथुम पारिएको, भोलि त्यो समस्या बढेर जान्छ । हालको संरचना १७ /१७ करोड लिटर पानी पठाउन हतारोमा गरिएको छ भने पछि थपिने १७ करोडको लागि यो संरचना काम लाग्ने नलाग्ने निश्चित छैन । उपत्यकाको वितरण प्रणाली एउटा अनामनगर क्षेत्रमा बाहेक उपत्यकाको कुनै पनि ठाउँमा पूर्ण छैन । पिआइडी र केयूकेयलले पानी वितरणमा पूरा गर्नु पर्ने दायित्व पूरा भएको छैन । पूरा भएको छ त टेण्डर निकाल्दै कमिसन लिने काम मात्र ।

 

Facebook Comments