आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित

म्यान्माको उत्तरी कोचिन राज्यस्थित आइयारवादी नदीमा आएको बाढीका कारण एक हजार भन्दा बढी घर परिवार विस्थापित भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

सोमबारसम्म उक्त स्थानका एक हजार १६५ घरपरिवारका ५५ हजार ११७ जनालाई सुरक्षित क्षेत्रमा सारिएको विभागका एक अधिकारीले बताउनुभएको छ ।

शनिबारदेखि नै नदीको बहाव बढ्दै गएकाले म्यानमाको रेडक्रस सोसाइटी, अग्नि नियन्त्रण विभाग र अन्य स्वयंसेवकहरूसँग मिलेर उद्धार टोलीले कोचिनका प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको अधिकारीहरूले बताएका छन् ।

सोमबार बिहानसम्म म्यानमाको मौसम विज्ञान तथा जलविज्ञान विभागले कोचिन राज्यको माइटकिनास्थित आइयारवादी नदी खतराको सिमाभन्दा करिब दुई इन्च माथि पुगेको जानकारी दिएको छ ।

विभागले मितकिनाका तल्लो क्षेत्र र नदीको किनारमा रहेका बासिन्दाहरूलाई सावधानी अपनाई सुरक्षित स्थानहरूमा जान सुझाव दिएको छ ।-याङ्गुन, म्यान्मा(रासस/सिन्ह्वा)

Facebook Comments