साैतेनी आमा जब्बर थिईन
साैतेनी आमा एकदम कडकी थिईन
मैले बुझ्न बाँकी
सम्पूर्ण विश्वकाे मैलाे चिजहरुकाे धनी थिईन
मैले आराेप लगाउन खाेजेकाे मात्र हैन
जीवन नटुङ्गिने भेल हाे
जीवन भाेक प्यासकाे रटान हाे
अभाव प्रभाव र दबावकाे डुङ्गा हाे
जतिसुकै सास्ती भएपनि तैरिएरै हिड्नु पर्ने
नैसर्गिक प्रयास हाे
यति भनाै कि साैतेनी आमा भित्रिएपछि
त्याे प्रयासमा तगाराहरु थपिएकाछन
काँडाहरु थुप्रिएकाछन
अनावश्यक तुफानहरु मडारिएकाछन
सायद साैतेनी आमा भित्रिनु
साैतेनी छाेरा छाेरीहरुकाे निम्ति
कष्टकाे जन्जिरमा पर्नुरहेछ
साैतेनी आमा भित्र्याउने बाउहरु
खबरदार तिमीले मस्तीमा
बजारकाे चुस्कीमा रमाएर
चानचुने खेलाउना सम्झियाै
र हामी सन्तानहरुलाई बेहाल बेहाल बनायाै
तिमीलाई थाहै छ
घरमा ग्यास चुलाे बलेन भने
घरमा बलेसी पसेर तिनचुलाे नुहाई दियाे भने
के हामी छिमेकीको उपनिवेश सहदै मर्नु
या तिम्रा खैरियत बारे साेच्नु ?
यसर्थ साैतेनी भित्र्याउने बाउहरु
तिमी याे अफ्ठ्यारो बाटाे खन्ने
तिम्रा हर्कतहरु अब काेदालाेले हाेईन
हलाे अड्काएर तिम्रा ढाड सडकाईन्छ
र सडकमा लगेर जाेताईने छ
सायद यसाे भन्दा
सानाे बाेलेकाे हुन्छ ‘
कम्जोर बिराेध हुनसक्छ
नत्र खाल्डो खनेर पुरिदिऊ कि
खर्कुडाेमा तेल तताएर डुबाईदिऊ
त्यस्ता बाउहरुलाई
के गर्दा ठिक भन्नुस
नत्र माथिको बिकल्पमा साझा मुद्दा बनाउ
र
हाम्रा बाउहरलाई साैता ल्याउन पराजित गराै ।