अपर तामाकोसीको विद्युत वैशाख देखि उत्पादन सुरु हुने

डिजाइन परिवर्तन नभइ बैकल्पिक उपाय अपनाइएको हाे

माथिल्लो तामाकोसीको डिजाइन परिवतन गरेर भएपनि चाँडै उत्पादन सुरु गर्ने विषय केहि समय अगाडि बाहिरिएको थियो । त्यस बारेमा मुख्यतया तीन प्रश्न उठेका थिए । पहिलो पेनस्टक पाइप टुक्राटुक्रामा जडान गरिनु । तापक्रम अनुसार फलामको अवस्था खुम्चने वा तन्कने भएकोले दुईवटा पाइप जडान गर्दा एक्सपान्सन ज्वाइन्ट राखिएको हुन्छ । बेल्डिङ गर्दा पाइप फिक्स हुन्छ । तापक्रम अनुसार पाइप खुम्चने भएमा पाइप फुट्न सक्छ । दोस्रो छिटो काम सक्ने नाममा डिजाइनमा भएको परिवर्तनले मेलम्चीमा गत असारमा भएको जस्तो दुर्घटना निम्त्याउन सक्ने खतरा र तेस्रो विश्वका कुन आयोजनामा यो प्रविधि प्रयोग भएको छ त्यसको खोजी र प्रभावकारीता बारे अध्ययन भएको हो वा होइन ।
यो विषय निजी क्षेत्रका प्राविधिकहरुले उठाएका अशंका हुन । यस सम्बन्धमा प्राधिकरणका कार्यक्रारी निर्देशक हितेन्द्रदेव शाक्य भन्नुहुन्छ –‘अपर तामाकोसीको डिजाइन परिवर्तन गर्न खोजिएको छ भन्ने कुरा छ भन्दा त्यसलाई परिवर्तन नभनेर आवश्यकता अनुसारको कामको रुपमा बुझ्नुपर्ने बताउनु हुन्छ । पाइपलाई सकेट हाल्ने स्थानमा वेल्डिङ मात्र गरिएको हो । त्यसका लागि हामीले कल्सल्टेन्ससँग सिफारिस लिएका छौ । पछि केही समस्या भएमा पाइप निकाल्नु पर्दा त सकेट भएपनि काट्नु नै पर्छ, सकेट राख्दा काममा ढिला हुने भएको हुनाले त्यसको सट्टामा यो काम गरिएको उहाँको भनाइ छ ।’
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञान प्रसाद श्रेष्ठ यो डिजाइन परिवर्तन नभएर वैकल्पिक उपाय अपनाइएको बताउनु हुन्छ । दुई वटा कम्पोनेन्ट समयमा नआउने भएपछि मोडिफिकेसन्स गरेर विकल्प खोजिएको हो । सामान कुरेको भए दुईवटा कम्पोनेन्ट आउन छ महिनाको समय लाग्थ्यो । र जडान गर्दा आयोजना ढिला हुने थियो ।
वैशाखको पहिलो साता टनेल (सुरुङ) मा पानी भर्न सुरु गर्छौ । परिक्षण सफल भएपछि जेनेरेशन सुरु गर्छौ श्रेष्ठको भनाइ छ । यसरी ४५६ मेगावाट अपर तामाकोसीको ६ वटा ट्र्वाइन मध्ये पहिलो ट्र्वाइनबाट वैशाखभित्र विद्युत उत्पादन सुरु हुन्छ र क्रमशः असारसम्ममा ६ वटै युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ । हेडवक्स परिक्षण भइरहेको र तल्लो पेनस्टकको फागुनमा नै परिक्षण भइसकेको छ । डिजाइन परिवर्तन नभइ वैकल्पिक उपाय अपनाइएको र त्यसमा यो विशुद्ध प्राविधिक विषय भएकाले अप्राविधिक तर्कहरुले कुनै अर्थ राख्दैन ।
अन्तर्राष्ट्रिय अभ्यास र प्राविधिक टिमले लिएको निर्णय भएको श्रेष्ठको भनाइ छ । यो डिजाइन परिवर्तन नभइ वैकल्पिक उपाय मात्र हो । ७६ मेगावाटका दरले ६ वटा युनिट मध्ये पहिलो युनिट वैशाख अन्त्यसम्ममा उत्पादनमा जाने र असारसम्म सबै युनिटबाट उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादित विद्युत गोंगर–खिम्ती २२० के भी प्रशारण लाइनबाट हुनेछ । खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइन गरी दुबै प्रशारण लाइन र सब स्टेशनहरु बनिसकेका छन् ।

Facebook Comments