अस्ट्रेलिया

कविता

हाम्राे चिसाे माैसममा

अस्ट्रेलियालाई आगाेहरुले जिस्क्याईरहेछ

डलरहरुकाे ससुराल भएर पनि

मुटुकाे कुनाभित्र डढेँलाेकाे ज्वाला चपाईरहेछ

 

याे पीडा त्याे आगाेसित जल्ने

वस्तुभित्रकाे तन्तुहरुले विर्सने छैनन्

धरतिमा नरहेर पनि !

 

यही आगाे हाे

मानव सभ्यतामा रिभ्यु ल्याउने

सत्य पनि यही आगाे हाे

 

व्यवस्थित चुल्हो चलाउन सहज बनाईदिने पनि

त्यही आगाे हाे

खाेला नदी समुन्द्रकाे कुरा काट्ने पनि

आज निन्दनीय छ

समुन्द्री किनारमा उभिएको राष्ट्र

पहाड जङ्गल खरानी बन्नु

र वन्यजन्तुकाे विनास हुनु :

के याे विनासकाे हुण्डरी नभएर

सत्तिशालले थामेकाे अग्राखकाे तागत हाे

अवस्य हाेईन

तिमीले बुझ्नुपर्नेछ

विपत्तिमा सहारा

ओतकाे खाँचाे हुन्छ

तिमीले बुझ्नैपर्छ विपत्तिमा

आधुनिक संसारकाे औचित्य छैन

आजकाे वैज्ञानिक जमानामा

अस्ट्रेलियान शाषकले

एउटा नमिठाे च्युत विपतसित

आफ्नै बाँझाेपनकाे खडेरिपत्रमा

हस्ताक्षर गरिदिएकाे छ

 

संसारका ठेकेदारहरु

शाषककाे नाममा नागरिकता ब्यापारीहरु

तिमीले गम्भीर रुपमा साेच्नैपर्छ

अस्ट्रेलियाको दर्दनाक ब्यथा

बेलैमा चिन्नसक्नुपर्छ

तिमीले बुझ्नैपर्छ

यस्ता चुनाैतिकाे पर्खाल

नाघ्ने विकल्प दिन तयार भएर

 

जब कि जवाफमात्र फिजाएर

खरवाै तलब भत्ता पचाउने नगर

जवाफमा मात्रै निकास सम्भव नहुने

दरिलाे प्रमाण हाे त्याे आगाे ।

 

Facebook Comments