पूर्वमहाप्रवन्धक बस्नेतलाई ‘भोग्य–सगुन’ पुरस्कार

काठमाडौं/यस वर्षको भोग्य–सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रवन्धक श्रीरामसिंह बस्नेतलाई गरिएको छ । रेडियो नेपालका पूर्वमहानिर्देशक भोग्यप्रसाद शाह र उहाँकी धर्मपत्नी सगुन शाहको स्मृतिमा स्थापित उक्त पुरस्कार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले पत्रकार बस्नेतलाई प्रदान गर्नुभयो ।

यसैगरी सोही समारोहमा कर्ण–कौशल्या–सीता स्मृति पुरस्कार साहित्यकार भुवनहरि सिग्देल र देवधाटस्थित कन्या गुरुकुलकी सञ्चालक मातालाई प्रदान गरियो । भोग्य–सगुन शाह सेवा समाजका अध्यक्ष प्रा डा केदार न्यौपानेको सभापतित्वमा आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत व्यक्तित्वहरू, बरिष्ठ पत्रकार अधिकारी, साहित्यकार प्रल्हाद पोखरेललगायतले साहित्य, पत्रकारिता र समाजसेवाका विभिन्न पक्षमाथि प्रकाश पार्नुभयो ।

Facebook Comments