ऊर्जा क्षेत्रमा ७२ सालको भन्दा बढी संकट र चुनाैती : ऊर्जा मन्त्री

हिजाे जनताले दुख पाए आज राज्य घाटामा

७२ सालमा जुन चुनौती र संभावनाहरु थिए अहिले पनि त्यो भन्दा बढी चुनौती र संभावना  रहेका छन् । त्यसबेला ९ /१० /१२ वर्षसम्म बन्न नसकेका प्रसारण लाइनको समस्या समाधान गरेर बन्ने क्रममा थिए अहिले पनि उस्तै नै छ । ढल्केबर मुजफ्फपुरको नेपाल भारत आयात निर्यात गर्ने प्रसारण लाइन ढिलै भएपनि बनेको छ, यो खुसीको कुरा हो । त्यसबेला उत्पादन कम थियो, अहिले बजार छैन । उत्पादन गरेर खपत गर्न नसक्नु मामुली समस्या होइन, उत्पादन नहुँदा जनताले दुख पाएका थिए अहिले खपत नभएर राज्यले क्षति बेहोर्नु पर्ने अवस्था आयो । भावनाको र यथार्थताको मिसावट गर्दै दोस्रो पटक ऊर्जा मन्त्री बन्नु भएका टोपबहादुर रायमाझीले आइतबार प्राधिकरणको स्वागत कार्यक्रममा यस्तै कुरा राख्नु भयो। यो पटकको ऊर्जा मन्त्री पद अवसर नभइ जिम्मेवारी र चुनौतीको सामना गर्न स्वीकार गरेको बताउँदै ५ वर्ष अघिको चुनौती अझै कायम रहेको बताउनु भयो । उत्पादन गरेर खपत गर्न नसक्नु मामुली समस्या होइन, त्यो भन्दा पनि खतरनाक समस्या राज्यले क्षति व्यहोर्नु पर्ने र निर्यात गर्न सक्ने स्थिति बन्यो भनेपनि ट्रान्समिसन लाइन छैनन् । उहाँले भुकम्प र नाकाबन्दीको बेला त समस्या हल गरियो भने अब गम्भीरतापूर्वक समस्या हल गरी पार लगाउन बिस्तृत अध्ययन गरी एक पछि अर्को थाँती नराखी तिब्र गतिमा काम गर्ने कुरा दोस्रो पटकको पहिलो दिन बताउन भएको हो।
मन्त्री रायमाझीले आग्रह पूर्वाग्रह र लोभलालचमा नपरी विशेषज्ञ र निजी उत्पादकहरु राखेर छलफल गरी आउने संकट कसरी समाधान गर्न सकिन्छ भनि काम गर्ने बताउन भएको छ। मन्त्री रायमाझीले एमसीसी बारेमा सरकारी निकायले हिजोका दिनमा पास गर्दै आएका छन् । हिजो पास गर्ने मध्यकै पनि केही आज बिरोध गर्छन, कि त हिजो पास गरेर गल्ती गरियो भन्नु पर्यो कि त पास गर्न पर्यो भन्नुभयो। एमसीसीको बारेमा आफूले बोलेका कुरा पत्रकारले उल्टोपुल्टो पारेर लेखेको भनी बारम्बार पत्रकारको इमान्दारितामा प्रश्न उठाउनु भयो। तर त्यसो भनिरहदा पनि उहाँले ‘जे संझौता गरेका छौ त्यो राज्यको हितमा छ भने सच्याएर लानु पर्छ होइन भने सम्बन्धीत निकायले रद्ध गर्नुपर्याे  विरोध त आइरहन्छ । हामीले त्यसलाई छिटो भन्दा छिटो सच्याएर लागू गर्नुपर्छ भन्नुभयाे। २०७२ सालमा राष्ट्रिय  उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र तयार गरी लोडसेडिङ अन्त्य र उर्जा क्षेत्रका समस्या समाधान गर्ने खाका तयार गर्दा उर्जा मन्त्रीकाे पदमा उहाँ नै हुनुहुन्थ्याे । पाँच वर्ष पछि पनि यहि ९९ बूँदे खाकामै उर्जा क्षेत्र अड्किरहेकाे छ । त्यसपछि पनि बिभिन्न अध्ययन समितिहरुले बिभिन्न समस्या समाधान गर्ने प्रतिवेदन तयार पारेका छन् । समस्या समाधान कागजमा भने भएका छन् काममा भने भएका छैनन् । यी चुनाैतीहरुले उर्जा मन्त्री रायमाझीकाे सुझबुझ र दक्षतालाई चिहाएर बसेका छन् ।

प्राधिकरणमा ऊर्जा मन्त्रीसँग कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र डिएमडीहरुसँग परिचयात्मक बैठक समेत बसेको थियो । त्यस बैठकमा ऊर्जा मन्त्री रायमाझीले डेडिकेटेड र ट्रक महशुल बक्यौता, प्राधिकरणको नाफा नोक्सान, ट्रान्समिसन लाइनको अवस्था, उत्पादन र व्यापारको विषयमा पनि सामुहिक छलफल गर्नु भएको छ।
स्वागत कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको वर्तमान अवस्थाका बारे जानकारी गराउनु भएको थियो । उत्पादन र ब्यापारको असन्तुलित  अवस्था, ट्रान्समिसन लाइनको अवस्था र समयमा सम्पन्न हुन नसक्ने अवस्था आदिबारे यर्थाथ जानकारी गराउदै ट्रान्समिसन लाइन समयमा बन्न नसक्दा जेठ देखि विद्युत खेर जाने अवस्था रहेको जानकारी गराउदै ट्रान्समिसन लाइन समयमा बन्न नसक्नु प्राधिकरण एक्लैको कमजोरी नरहेकोसमेत जानकारी गराउनु भएको छ।


Facebook Comments