वन्यजन्तुको संरक्षणका लागि उपसमिति बनाइयाे

शे-फक्सुण्डो राष्ट्रिय निकुञ्ज समिति अन्तर्गत गठित वन तथा वातावरण उपसमितिले शे-फक्सुण्डो राष्ट्रिय निकुञ्जको यही मंसिर पहिलो साताबाट निकुञ्ज क्षेत्र भित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तु बीचको सहसम्वन्ध, हिम चितुवा लगायत निकुञ्जमा पाईने वन्यजन्तुको संरक्षण , संरक्षित क्षेत्र व्यवस्थापनमा देखिएका कानूनीएवम् व्यवस्थापकीय समस्याहरु,संरक्षणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुबाट भए गरेका काम तथा वन्यजन्तुको संरक्षण सम्बन्धमा बन तथा वातावरण मन्त्रालय , राष्ट्रिय निकुञ्ज विभाग र मातहतका कार्यालयहरुबाट भए गरेका काम को अनुगमन गर्ने कार्यक्रम रहेको छ । उक्त उपसमतिमा पूर्णकुमारी सुवेदी संयाेजक, भूपेन्द्रबहादुर थापा, भवानीप्रसाद खापुङ्ग र राजबहादुर बुढा सदस्य रहनु भएकाे छ ।
उपसमितिले वन्यजन्तु संरक्षणका सम्वन्धमा प्रदेश सरकार र स्थानीय पालिका वन्यजन्तु संरक्षणको क्षेत्रमा खटिएका गैह्र सरकारी संस्था एवं सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ। २. चितवन राष्ट्रिय निकुञ्ज विगत पछिल्ला वर्षहरुमा चितवन राष्ट्रिय निकुञ्जले चोरी सिकार शून्य वर्ष मनाएको भएता पनि यस आर्थिक वर्षमामात्र हालसम्म चारवटा एक सिंगे गैडा मारिएको र अन्य उल्लेख्य संख्यामा गैंडाहरु मृत फेला परेको घटनाप्रति समितिको गम्भिर ध्यानकर्षण भएको छ । गैंडा संरक्षणमा निकुञ्जको विद्यमान सुरक्षा व्यवस्था लगायतका विषयमा स्थानीय पालिका , निकुञ्ज र सुरक्षाका लागि खटिएका नेपाली सेना तथा संरक्षण विज्ञसंग समितिले मंसिरको तेस्रो साता अन्तरक्रिया गरीगैडा मारिएको/चोरी सिकारी भएको स्थानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । अन्तरक्रिया कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज प्रशासन ,चितवन स्थित स्थानीय जनप्रतिनिधि छलफल गरी आवश्यक प्रतिवेदन तयार गर्ने।

Facebook Comments