काठमाडाैं । करेन्ट लागेर बर्दियामा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बर्दियाकाे बारबर्दिया नगरपालिका-७ हर्नवा बस्ने ५४ वर्षीय बाबुराम थारु रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हाे । सोही ठाउँ बस्ने डबल बहादुर बि कको घरमा ग्रह शान्ति गरिएको सामग्री सेलाउन गएको अवस्थामा जङ्गली जनावरलाई रोक्नको लागि राखिएको नाङ्गो तारमा पर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै गएका अन्य ४ जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
Facebook Comments