अवैध लागूऔषध गाँजा सहित पक्राउ

कलैया उपमहानगरपालिका-१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बागमती नगरपालिका-३ स्थित भित्रि सडकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित बरहथवा नगरपालिका-३ हजरिया टोल बस्ने ४१ वर्षीय राम भजन रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ग.५ प ३६२९ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जिरायतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रामलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

Facebook Comments