डलर साट्ने भन्दै नगद पाँच लाख रुपैयाँ ठगी

डलर साटने भन्दै काठमाडौं धापासी बस्ने गोरखा मसेल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुदर्शन थापाको साथबाट नगद ५ लाख रुपैयाँ बिहीबार दिउँसो ठगी भएको छ ।
सुजन नाम बताउने पुरूष समेत ३ जनाले डलर साट्ने भनी थापालाई सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेजमा बोलाई उनको साथमा रहेको नगद लिई कालो निलो बुट्टे रुमालभित्र खैरो प्लाष्टिकमा सेतो कागजको टुक्राको पोको दिई हाल नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments