प्रधानसेनापति शर्माद्वारा बाहिनीको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गर्नुभएको छ । मध्यकमाण्डअन्तर्गतका हिमाली र उच्च पहाडी इलाकामा अवस्थित युनिटको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले आज खैरेनीटारस्थित बाहिनीको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा प्रधानसेनापति शर्माले बाहिनीमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको कार्यान्वयनसम्बन्धी प्रगति तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायत विषयमा जानकारी लिनुभएको छ । साथै शर्माले सकलदर्जालाई सम्बोधनसमेत गर्नुभएको थियो । प्रधानसेनापति शर्माले तीन दिनदेखि मध्यकमाण्ड हेडक्वाटरअन्तर्गतका विभिन्न युनिटको निरीक्षण गर्नुभएको नेपाली सेनाले जनाएको छ । शर्माले मनाङस्थित गुल्म, मुस्ताङको जोमसोमस्थित श्री नम्बर २३ बाहिनी अड्डा र बागलुङस्थित गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ ।

Facebook Comments