नयाँ सरकार बनेसँगै कुलमानकाे चलखेल सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन र शेरबहादुर देउवाको आगमन पछि आँकाक्षीहरुको चलखेल बढेको छ । यसै क्रममा प्रचण्ड निकट पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् । त्यस लगत्तै विद्युत प्राधिकरणमा पुनः दोहोरिने आँकाक्षा त्यागेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङमा आशा पलाएर आएको देखिएको छ । घटनाक्रमले त्यही देखाएको सुत्रको दावी छ । तर वास्तविकता भने अझै अर्कै छ । स्वयम प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत लिने आफ्नै पार्टी काँग्रेसको महाधिवेशन र दोस्रो कार्यकाल पार्टी सभापति तथा विस्वासको मत प्राप्त नभएको अवस्थामा आम चुनावमा जाने त्यसैले घिसिङको झिनो आँकाक्षालाई ध्यान दिने फुर्सद छैन भन्ने जानकारहरुको भनाइ, बुझाइ र यर्थाथ रहेको छ ।
तर कुलमान घिसिङ भने वानेश्वस्थित एक रेष्टुरेन्टमा केही शक्ति जम्मा गरी आफ्नो पक्षमा लविङ गर्न अनुरोध गर्दै त्यसको लागि आवश्यक पर्ने खर्च सहित खटाएका छन् । अघिल्लो पटक कार्यकारी  निर्देशकमा नियुक्त हुन ३२ करोडको खुमलटारसँग डिल भएको चर्चा बाहिर आएको थियो । लोडसेडिङको आवरणमा अर्बैा रुपैयाँ कुलमानले जम्मा गरेको प्राधिकरण भित्र चर्चा छ । डेडिकेटेड र ट्रंक लाइनको विषयमा अर्को अर्बौको घोटला भएको भनी सार्वजनिक लेखा समितिले उनी उपर छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य प्रकृयागत ढंगबाट ४ वर्षको लागि कार्यकारी निर्देशकमा मन्त्रिपरिषदबाट नियुक्त भएकोले उनीलाई हटाउन सजिलो छैन ।

पूर्व कार्यकारी निर्देशक दिपेन्द्र नाथ शर्मालाई वाइसियल लगाएर ज्यान मार्ने धम्की सहित राजीनामा गराएकाे विषयमा पनि ठूलै चर्चा भएकाे हाे  । त्यसै गरी माओवादी निकट ट्रेड युनियनलाई प्रयाेग गरी उनी माथि दवाव बनाइ काम गर्ननदिने वातावरण सिर्जना गराइ राजीनामा गराउन बाध्य पार्ने याेजना असफल भएपछि वाइसिएल लगाइएकाे कुरा बाहिर आएकाे थियाे । अहिले आएर स्वतन्त्र हैसियतमा कुनै पनि काम गर्न नसक्ने मिडिया कन्ट्रोलबाट हिरो बन्न रुचाउने घिसिङको पुनः आगमन हुन्छ  भन्ने उनलाई चिन्नेहरुले विश्वास गरेका छैनन् ।  निवर्तमान केपी ‌ओलीकाे रिस फेर्नका लागि प्रचण्डहरुले जे पनि गर्न सक्छन् ।

दोस्रो कार्यकाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफु आउने अभिष्ट पुरा नभएपछी  निरास भएका र गुमनाम जस्तै बनेका कुलमान घिसिङ पुनः प्राधिकरणममा आउने चलखेलमा लागेका छन् । काँग्रेस माओवादी गठबन्धनको सरकार बनेसँगै उनको सकृयता पनि बढेको हाे ।
विद्युत प्राधिकरणमा काँग्रेस तथा माओवादी निकट ट्रेड युनियनका केही कर्मचारीलाई उनले यस काममा प्रयोग गरिरहेका छन् । हिजो काँग्रेसका केही कर्मचारीहरु लिएर उनी देउवा निवास गएपनि देउवाले उनलाई खासै महत्व दिएनन् ।
घिसिङ किन उत्साहित भए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्प कमल दाहाल प्रचण्डसँग निकट पम्फा भुसाल ऊर्जा मन्त्री भएकी र घिसिङको प्रचण्डसँग निकटता रहेका कारण उनको आशा टुसाएको भन्ने जानकारहरुको भनाइ रहेको छ । हेराै‌ उनलाई पुनः एमडी बनाएछ भने प्राधिकरणमा स्वागत छ भन्ने त्यहीका कर्मचारीको भनाइ बाहिर आएको छ । तर पछि घिसिङले ४ वर्षमा कुनै खालो सारेका हैनन् । केवल उत्तराधिकारीको काम मात्र गरेका हुन भन्ने प्राधिकरणका कर्मचारीहरुकाे भनाइ छ ।

Facebook Comments