एउटा कुनोमा
मधुरो उज्यालोमा
जिन्दगीको अन्तिम पानो
लेखिरहेको एउटा जिन्दगी
अभावको अगेनोमा
नमिठो भोक बसालेर
एक गुटको आँसु पिएर
तीर्खा मेटछ ।
सलेदो सकिनै लागेको
टुकीमा न कसैले सलेदो फेर्छ
न तेल नै थप्छ
सलेदो र तेल सकिए पछि
निभ्नेछ टुकी
अनि हराउनेछ्न
मधुरो उज्यालो पनि !
कसरी लेख्ला उसले
जिन्दगीको अन्तिम पानो ।
Facebook Comments