इपानले संशोधित विद्युत ऐनबारे स्पष्ट पार्‌याे

जलविद्युतबाट राष्ट्रिय समृद्धिको महान यात्रामा रहेको यस स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) परिवार एउटा लोकप्रिय राष्ट्रिय दैनिकमा प्रकाशित समाचार “कार्यनीति फेरेर निकुञ्जमा जलविद्युत” भन्ने समाचारबाट आफ्नाे ध्यानाकर्षण भएको जनाएकाे छ।

राष्ट्रिय आवश्यकता अनुसार कार्यनीतिहरु समय सापेक्ष परिवर्तन वा थपघट हुनु स्वभाविक प्रकृया भएकाे र यसकाे लागि झण्डै ४ वर्ष लगातार वातावरणविद् संरक्षणकर्मी तथा विज्ञहरुसंग लामो छलफल गरि वैज्ञानिक तवरबाट वन्यजन्तु, जैविक विविधता तथा Terrestrial र Aquatic ecosystem मा कुनै नकारात्मक असर नपर्ने गरी प्राकृतिक श्रोतको उचित प्रयोग गर्ने हेतुले भएको जनाएकाे छ ।

संशोधनले विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी ४ वर्ष देखि रोकिएको २५ जलविद्युत कम्पनीले उत्पादन गर्ने झण्डै १२०० मेगावाट भन्दा बढी जलविद्युत उत्पादन गर्ने ढोका खोल्ने काम भएकोले नेपाल सरकारलाई धन्यवाद दिएकाे छ ।  यस वैज्ञानिक संशोधनले जलविद्युत र राष्ट्रिय निकुञ्जविच सह(अस्तित्व सहित अघि बढ्न सक्ने अवधारणा समेत विकास गरेको छ ।

१ मेगावाट भन्दा साना आयोजनाले ५०५, १ देखि २५ मेगावाट सम्मका आयोजनाले ३५५, २५ देखि १०० मेगावाट सम्मका आयोजनाले २५५ र १०० मेगावाट भन्दा माथिका आयोजनाले १०५ पानी प्राकृतिक प्रवाह कायम गर्नु पर्नेछ । सदाझै यहाँहरुको साथ, सल्लाह र सुझावको अपेक्षा सहित समृद्ध नेपालको महान यात्रामा यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गरेकाे अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा जारी गरिएकाे विज्ञप्ती जारी गरी भनिएकाे छ ।

Facebook Comments