पहिरोले जलविद्युत बगाउँदा गाउँ भयाे अन्धकार

सिमकोट । अबिरल वर्षाका कारण पहिरो जाँदा लघु जलविद्युत आयोजनाको दुईवटा पेनस्टिक पाइप बगाउँदा विद्युत सेवा अबरुद्ध भएको छ । पहिरोको कारण पाइप बगाएपछि सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँको अन्धकार भएको हो । पहिरोले उनापानी विद्युत आयोजनाको दुई पेनस्टिक बगाएको हो । पहिरोले तीनवटा पानीघट्ट पनि बगाएको छ ।

Facebook Comments