काठमाडौ । इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स अमेरिका फर्कनु भएको छ ।
लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गर्दे अमेरिका फर्केको हो ।
वार्ता टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी रहनु भएको थियो । पाकिस्तान छाड्नु अघि शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले भन्नुभयो ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ।’-फोटो- एफपी/रासस
Facebook Comments