काठमाडौं । मध्यपूर्व युद्ध अन्त्यका लागि इस्लामावादमा भएको अमेरिका- ईरान वार्ता सहमति हुन सकेन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग लामो समय वार्ताका बाबजुद सहमति पुग्न नसकिएको बताउनु भएको छ ।
इरानसँग पाकिस्तानमा जारी शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले भन्नुभयो ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ।’
अमेरिकाका उपराष्ट्रपति भान्सले वार्तामा कुनै कमजोरी नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘यदि वार्तामा कुनै कमजोरी भएको भए त्यो पाकिस्तानीहरूको कारणले भएको थिएन। उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ।’
#अमेरिका- ईरान वार्ता
Facebook Comments