अमेरिका–इरान युद्धविरामको खुसीयाली मनाउन बग्दादमा इराकीहरूको भेला

काठमाडौँ। अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् ।
इरानी दूतावास नजिकै भेला भएको भीडले इराकी र इरानी झण्डा फहराउँदै इरानप्रति ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनकारीहरूले अमेरिका र इजरायल विरोधी नाराहरू समेत लगाएका थिए ।

यो युद्धविरामले क्षेत्रमा बढ्दो तनावलाई कम गर्ने अपेक्षा गरिएको छ । दुवै देशका प्रतिनिधिहरूले आगामी दुई हप्तासम्म कुनैपनि सैन्य गतिविधि नगर्ने सहमति जनाएका छन् । बग्दादका स्थानीय बासिन्दाहरूले यस कदमलाई शान्तिको दिशामा एक सकारात्मक शुरुवातको रूपमा लिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Facebook Comments