करेन्ट लागेर मृत्यु  

झापा, बिर्तामोड नगरपालिका-१० स्थित नालामा माछा मार्ने क्रममा करेन्ट लागेर पाचँथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय शिव तुम्बाम्फोको आइतबार साँझ मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका-१० स्थित सानी आमाको घरमा पाहुना आएका उनको करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी करेन्ट लागेर घाइते भएका बिर्तामोड नगरपालिका-१० बस्ने ४१ वर्षीय हरि प्रसाद रिमालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएकाे  छ ।

Facebook Comments