काठमाडाैं । नेपाल सरकारले लामाे समय देखि कोभिड-१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यकामापदण्ड र सुरक्षाका मापदण्ड पालनाहुने गरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजिकरणका लागि देहायबमोजिम गर्ने निर्णय गरेकाे छ ।
- शैक्षिक सत्र २०७६।७७ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने।
- २०७७ भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रूपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने। भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने।
- नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने बाँकी भए उपलब्ध गराउने।
- विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरू विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने।
- शिक्षा, विज्ञानतथाप्रविधिमन्त्रालयलेविद्यालयसञ्चालनसम्बन्धीकार्यढाँचाजारीगर्ने।
- विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धी कार्यहरू सञ्चालन नगर्ने। क्वारेन्टिन र आइसोलेसनको रूपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने।
विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी संरचनाहरू नराख्ने निर्णय गरेकाे छ ।
Facebook Comments