हतियार तथा अन्य सामग्रीहरु बरामद

पर्सा राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री सिद्धिबक्स गण र निकुञ्‍ज प्रशासन कार्यालय, पर्साका कर्मचारी सहित खटिएको संयुक्त पट्रोल टोलीले मिति २०७९ वैशाख २८ गते निकुञ्‍जस्थित बांग्री खोला कोर ईलाकामा खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरु देखी, निजहरुलाई पक्राउ गर्न खोज्दा देहायमा उल्लेखित हतियार तथा अन्य सामग्रीहरु छाडी फरार भएको व्यहोरा जानकारी गराईन्छ ।

(क) भरुवा बन्दुक- नाल १

(ख) भरुवा बन्दुकको गोली गोटा- ३

(ग) ठुलो छर्रा गोटा- ५

(घ) सानो छर्रा गोटा- १००

(ङ) खुकुरी गोटा- २

(च) बारुद- २५० ग्राम (२ डब्बा)

(छ) केप (कार्टिज) गोटा- २

(ज) झोला गोटा- ३

(झ) जुत्ता- जोर १

साथै, निजहरुबाट बरामद गरिएका हतियार तथा अन्य सामग्रीहरु निकुञ्ज प्रशासन कार्यालयमा बुझाईएको व्यहोरा समेत जानकारी गराईन्छ ।

 

 

Facebook Comments