सोनाम सज्जन किरातीका दुई कविता

कुहिरोहरू

सेता कुहिरोहरू
एकाविहानै उठेर
सितहरूलाई
निन्द्राबाट जगाउँछन्

 

र, हिमालको काखतिर
डुल्छन्
त्यो अमर प्यासलाई मेटेर
फेरि अक्सिजन
फेरि हावा
अनि समुन्द्री छालसँग टकराएर
कुहिरो बन्दै
पानी बन्छन्

 

एउटा असल जीवन चक्र
यसरी नै घुमिरहन्छ
जस्तो लाग्छ ।

औँला

अचेल
तिम्रो औँलाको स्पर्शले
मेरो लाईकमा
चुम्दै सम्भोग गरेको दृष्य
अरुलाई मन परेको छैन
तिमीलाई नङ्ग्याएर फालिदिन्छु
त्यो उत्ताउलो तस्विर
र, च्यातेर मिल्काउनेछु
समयको मसिनो बेग समातेर धेरै परपर सम्म

Facebook Comments