सोकेसको ऐना आउँदै

‘सोकेसको ऐना’ नामक निबन्ध सङ्ग्रह वैशाख १२ गते सोमबारबाट बजारमा आउने तयारीमा छ । निबन्धकार बोधराज पौडेलका ३२ वटा निबन्ध रहेको यो सङ्ग्रहलाई बि एन पुस्तक संसार प्रा.लिले बजारमा ल्याएको हो ।
निबन्धकारले यो कृतिलाई समाज र अग्रजको ज्ञानबाट आर्जित भएको व्यवहारिक पाटोको उपज हो भनेको छन् । समाजमा सिकेका कुरालाई अग्रजको अनुभवका आधारमा खारिएको खुराक पुस्तकमा मिल्ने पौडेलको भनाइ छ । यो पुस्तक पढ्दा आफुलाई हजुर बा हजुरआमाले सानो बेलामा सुनाएका कहानीको याद आउने पौडेलले बताए ।


उनले भने –‘यो कृतिले समाजको ऐना देखाएको छ । तर ऐनालाई जतनका साथ सोकेसमा राखे जस्तै हामीले ख्याल नगरेका कुराको कौतुहलता भरिएको छ । यसलाई पढेपछि त्यो कौतुहलता यसले मेटाउने छ ।’ यसको सम्पूर्ण श्रेर्य अग्रजलाई दिन्छन् पौडेल । मैले त टिपोटमात्र गरेको हुँ कहानी त पुर्वजकै रहेको छ उनले भने ।
बि एन पुस्तकका कार्यकारी निर्देशक सूर्य बि सीले निबन्धका क्षेत्रका यो कृतिले योगदान गर्नेमा आफू विश्वस्त रहेको बताए । निबन्ध पातलिदैँ गएको समयमा यो कृतिले केही टेवा दिने उनको भनाइ रहेको छ । पौढ साहित्यका तीस र बालबालिकाका लागि दुई वटा निबन्ध यस कृतिमा समावेश गरिएको बि सीले बताए । कृतिमा सन्तोष दाहालको आवरण र सज्जा रहेको छ । पौडेलको बगर र काँसहरू कविता सङ्ग्रह (२०७५) प्रकाशित रहेको छ ।

Facebook Comments